
सिरहा । नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर १ को सभापतिमा महेश चौधरी निर्वाचित भएका छन् ।
सहमती नजुटेपछि निर्वाचन हुँदा चौधरी निर्वाचित भएका हुन् ।
चौधरीले ३२४ मत ल्याए भने उनीसँग प्रतिस्पर्धा गरेका कन्हैया गुप्ता ३१५ मत प्राप्त गरे । चौधरी ९ मतले क्षेत्रीय सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
चौधरी यसअघि लहान नगर सभापति थिए । कोरोनाको समयमा गरिएको लकडाउनमा लहानका हजारौं गरिब, दलितलाई राहत बाँडेका चौधरीले असल समाजसेवीको छवि बनाएका छन् ।