प्रचण्ड

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हालै चितवनमा सम्पन्न एमालेको दसौं महाधिवेशनलाई पार्टी तीन टुक्रा बनाएर एकताको महाधिवेशन भनिएको बताएका छन्। मंगलबार भृकुटीमण्डपमा आयोजित राप्रपा महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओलीले पार्टी फुटाएर तीन टुक्रा बनाएको तर महाधिवेशन गर्दा भने एकताको महाधिवेशन भनेको भन्दै कटाक्ष गरेका हुन् ।

‘राप्रपाका तपाईंहरू तीन जना अध्यक्षहरू सँगै भएर एकता महाधिवेशनको नाम दिनुभयो। तपाईंहरूले जे भन्नुभयो त्यही गर्नुभयो तर यहाँ त पार्टी तीन टुक्रा भएका बेला पनि एकता महाधिवेशन गरेको देखियो,’ प्रचण्डले भने।

प्रचण्डले अगाडि भने, ‘तर, पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ । त्यस्तो झूटो कुराचाहिँ तपाईँहरुले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने ? तपाईँहरुले ठीक गर्नुभयो । ’
उनले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै बधाई तथा शुभकामना दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!