भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन् । चितवनमा दसौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र चल्दै गर्दा उनले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका हुन्।

‘जनताको बहुदली जनवाद स्वच्छ प्रतिस्पर्धा पहिले नै घोषणा गरिसकेको छु । अध्यक्षको पदबाट उम्मेदवारी फिर्ता लिँदिनँ,’ उनले सञ्चारकर्मीहरुसँग भने। उनले यसअघ नै अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन्।

उनले महाधिवेशन प्रतिनिधिहरुसँग भोट माग्न सुरु गरिसकेको समेत बताए। उनले अत्यधिक मत दिएर आफूलाई जिताउन अपील गरेको सहभागीहरुले बताएका छन्।

यसअघ आज विहान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले छुट्टा छुट्टै छलफलमा जुटेका थिए। जसका कारण बन्द सत्र पनि धेरै ढिला सुरु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय