#सिरहानेपाली कांग्रेस

सिरहा । नेपाली काँग्रेसको १४औं अधिवेशन अन्र्तगत सिरहा जिल्लामा वडा अधिवेशनवाट निर्विरोध पदाधिकारी चयन भईरहेको छ ।
८ नगरपालिका र ९ गाउँपालिका रहेको सिरहा जिल्लाको १६४ वडामा नेपाली काँग्रेसले आफ्नो प्रतिनिधि चयन गरिरहेको छ । यो समाचार तयार गर्दा सम्म नेपाली काँग्रेसको सिरहा नगरपालिका ६ मा वडा समिति चयन प्रकृया स्थगित गरिएको थियो भने गोलबजार नगरपालिका १२, बरियारपट्टी ४, धनगढीमाई १३ लगायतमा सर्वसम्मत हुन सकेको थिएन् ।

अपन दैनिकलाई प्राप्त जानकारी अनुसार सिरहा नगरपालिका १ मा महेश कुमार यादव, २ मा विशेश्वर यादव, ३ उपेन्द्र यादव, ५ मा अशोक मुखिया, ७ मा अरहुलिया देवी यादव, ८ राम प्रसाद यादव, ९ मा श्याम यादव, १० मा धनिकलाल कामती, ११ मा जिवछ कामती, १३ मा पुलकित यादव, १४ मा अमरनाथ गोइत, १५ मा बेचन यादव, १६ राम एकबाल दास, १७ मा उमेश कुमार यादव, १८ मा शैलेन्द्र कुमार यादव, १९ मा बैजनाथ यादव, २० मा रामचन्द्र यादव, २१ मा सुरेन्द्र कुमार मण्डल सर्वसम्मत चयन गरिएको छ ।
यस्तै बरियारपट्टी गाउँपालिका १ मा जंगबहादुर यादव, २ मा राम प्रकाश यादव, ३ मा राम अधिन कामती र ५ मा रामऔतार यादव निर्विरोध चयन भएका छन् ।

यस्तै कल्याणपुर नगरपालिका वडा नम्बर १ मा पसिन्देव मण्डल, २ मा मोहम्मद असगर अली, ३ मा रघुनाथ मण्डल, ४ मा धनुकिया राईन, ५ मा रोशन कुमार यादव, ६ मा ब्रहम्देव सिंह, ७ मा जागेश्वर भुडेर, ८ मा संजय चौधरी, ९ मा लोटन यादव, १० मा रामकृपाल साह, ११ मा रामनारायण साह, र १२ मा मोहम्मद अलि असन राईन निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सुखिपुर नगरपालिका १०, विष्णुपुर गाउँपालिका ५ मा पनि निर्विरोध सभापति निर्वाचत भएको निर्वाचन समितिले जनाएको छ ।
गाँउपालिकाको वडामा सभापति १, उपसभापति २, सचिव, २ सहसचिव २ र १५ जना सदस्य गरी २२ सदस्यीय समिति चयन गरिदैछ । यस्तै नगरपालिकाको वडामा सभापति १, उपसभापति २, सचिव, २ सहसचिव २ र २० जना सदस्य गरी २७ सदस्यीय समिति चयन भईरहेको निर्वाचन अधिकृत संजिव कुमार लामाले बताएका छन् ।
गाउँपालिका र नगरपालिकाका प्रत्येक वडाबाट १५/१५ जना क्षेत्रिय प्रतिनिधि पनि चयन भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय