काठमाडौँ । नेपाली कांग्रेसले प्रदेश २ का सिरहा र महोत्तरी सहित गरी पाँच जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ । सदस्यता छानबिन कार्यदलले सिरहा र महोत्तरीसहित बाँके, डोल्पा, सुर्खेत जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाइ अन्तिम नामावली सार्वजनिक गरेको हो ।

अब आठ जिल्लाको मात्र क्रियाशील सदस्यता टुंगो लगाउन बाँकी रहेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यससँगै ६९ जिल्लाको क्रियाशील सदस्यको नाम सार्वजनिक भैसकेको जनाएको छ । नेपाली कांग्रेसले वेबसाइटमार्फत् क्रियाशील सदस्यको नाम सार्वजनिक गरेसँगै अब ती जिल्लाहरूमा वडा अधिवेशनको प्रक्रिया शुरु हुने भएको छ । अहिले अधिकांश जिल्लाहरूमा वडाको अधिवेशन सम्पन्न भई गाउँ नगर तहको अधिवेशन भइरहेको छ ।

यस्तो छ नेपाली कांग्रेसकाे महाधिवेशनको संशोधित कार्यतालिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!