
सिरहा । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य प्रकाश पोखरेलले आजको यथास्थितीमा पार्टी अगाडी बढ्न नसक्ने बताएकाछन् ।
‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको शनिवार सिरहाको गोलबजार नगरपालिका ३ बाट अभियान उद्घाटन गर्दै पार्टी जनतासँग एकाकार भएर अगाडी बढ्न नसके यहि अवस्थामा अगाडी बढ्न नसक्ने बताएकाछन् ।
‘स्थानीय तहमा हारियो, प्रदेश र संघको पनि अवस्था त्यस्तै रह्यो, यहि परिणामका कारण माओवादी सकियो भनेर बस्यौभने पार्टी अगाडी सक्दैन, केन्द्रिय सदस्य पोखरेलले भने, ‘अव पाटीलाई जनतासँग जोड्ने र हामीले गरेका गल्ती कमजोरीहरुको जनतासँग माफीमाँग्दै पार्टीलाई नयाँ दिशादिन सक्नु पर्छ ।’
जनतासँग एकाकार अगाडी बढ्नकै लागि पार्टीले तीन महिले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान ल्याएको बताए । उनले भने, ‘यहि विच हामीले नेता नेताविच भएको असमझदारीलाई हल गर्दै जनतासँग आफूले गरेका गल्ती कमजोरीको माफि माग्दै जानु पर्छ ।’
नेता पोखरेलले अभियानलाई पार्टी निर्माणसँग जोड्न सक्नुपर्ने बताए । उनले भने, ‘यो हाम्रो लागि पार्टीलाई नयाँ शिराबाट अगाढी बढ्नाउने विशेष अवसर पनि हो । हामीले पार्टीलाई क्रान्तिकारीस्प्रीटको साथ नयाँ दिशादिने सोच्नु पर्छ ।’

कार्यक्रममा पार्टीका पुराना नेता एम कुमार लामा, नेता अविरमान थापा, रेशम कुमारी थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
देशभरीका सवै वडाहरुबाट शनिबार एकैपटक उद्घाटन गर्ने योजना अनुसार सिरहाका १७ वटा पालिकाको एक सय ६३ वटै वडाहरुमा एकैपटक उद्दागटन् सम्पन्न भएको छ ।
कर्जन्हा नगरपालिकामा पार्टीका केन्द्रिय सदस्य टेकबहादुर बलम्पाकी, मिर्चैयामा गंगा पासवानको नेत्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
धनगढीमाई नगरपालिकाको बिभिन्न वडाहरुमा शनिबार भएको उदघाटन समारोह केन्द्रिय सदस्य रुबी कर्ण, पुर्व प्रदेस समिति सदस्य प्रवेश लामा, बिभाग सदस्य बास्ना मोक्तान, नगर समितिका अध्यक्ष प्रकाश योन्जनको उपस्थितिमा सम्पन्न भएको छ ।
उनीहरुले सुरुगरेको तीन महिने अभियान माओबादी केन्द्रको निम्ति जीवन मरणको सवाल भएकोले यसलाई हर–हालतमा सफल पार्न आम कार्यकर्ता, शुभेच्छुकहरुमा अनुरोध गरे ।
जिल्लाका सवै पालीकाका वडाहरुमा एकैपटक विभिन्न कार्यक्रमहरुको आयोजना गरी अभियानको उद्घाटन सम्पन्न गरेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले दिउँसो १ बजे काठमाडौंको चन्द्रागिरी गाउँपलिकाको घट्टेडाँडाबाट उद्घाटन गरेका थिए । त्यसको विभिन्न संचारमाध्यमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।