सिरहा । नेकपा एमालेको सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले सिरहाको सर्रेअम्बासमा कम्युनिष्टहरुको अध्ययन केन्द्र बनाईने बताएका छन् ।

कम्युनिष्ट आन्दोलनको ७५औं वर्षको अवसरमा सिरहाको सर्रेअम्बासमा नेकपा एमालेले आयोजना गर्न लागेको सचिवालय बैठक सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले सर्रेअम्बासमा २०४६ साल भदौं ९–१४ भएको नेकपा मालेको चौथौं अधिवेशन निकै महत्वपूर्ण भएकोले अध्ययन केन्द्रको रुपमा विकास गर्ने र देश विदेशवाट कम्युनिष्ट आन्दोलनको वारमा जानकारी लिन खोज्नेहरु आउने दावी गरेका छन् ।
तात्कालिन नेकपा मालेको चौथों अधिवेशन सर्रेअम्बासमा बसेर महत्वपूर्ण नीति लिएकोले भन्दै सचिव भट्टराईले सर्रेअम्बास कम्युनिष्ट आन्दोलनको हिसाबले ऐतिहासिक स्थल भएको बताएका छन् ।

यही बैठकवाट कम्युनिस्ट र कांग्रेस मिलेर पंचायती व्यवस्था हटाउन संघर्ष गर्ने निश्कर्षमा पुगेको, माओसेतुङको विचारभन्दा नेपाली अनुकुल बहुदलीय व्यवस्थाको पक्षमा उभिने निर्णय गरेको र महासचिवमा मदन भण्डारीलाई सर्वसम्मत चयन गरेकोले सर्रेअम्बास ऐतिहासिक स्थल भएकोले सचिवालय बैठक गर्न लागेको सचिव भट्टराईले बताएका छन् । मदन भण्डारीले लिएको जनताको बहुदलीय जनबाद(जबज)को आधार पनि यही बैठकले तय गरेको भन्दै सचिव भट्टराईले नेपालमा कम्युनिस्ट आन्दोलन विकसित भएको विषयको स्थलको रुपमा सर्रे अम्बासको ऐतिहासिक महत्व रहेकोले कम्युनिष्ट अध्ययन केन्द्र बनाउन विकास गरिने बताएका छन् ।

मदन भण्डारीको षड्यन्त्रपूर्वक दुर्घटना
नेकपा एमाले सचिवालय वैठकको तयारी सम्बन्धि आयोजित पत्रकार सम्मेलनमा मधेश प्रदेशका इन्चार्ज समेत रहेका सचिव भट्टराईले पत्रकारको प्रश्नको जवाफ दिदै मदन भण्डारीको समान्य दुर्घटना नभएर षड्यन्त्रमूलक दुर्घटना भएको बताएका छन् । ‘आजपनी विश्वास छ । मदन भण्डारीको समान्य दुर्घटना होइन,’सचिव भट्टराईले भने,’एमाले यी विषयलाई त्यतिकै छाडदैन् । समय लाग्न सक्छ ।’
सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली सहित सचिवालयका सदस्यहरु र आयोगका प्रमुखहरुको सहभागी रह्ने पत्रकार सम्मेलनमा जनाएको छ । आज बुधबार विहान ११ बजेदेखि हुने सचिवालय बैठकले महत्वपूर्ण निर्णय गर्ने, चौथो महाधिवेशन सफल बनाउन भूमिका खेलेका नेता कार्यकर्तालाई सम्मान गर्ने, कम्युनिस्ट आन्दोलनका सहिदहरुको नाम स्मारक निर्माण गर्ने लगायतको कार्यतालिका रहेको बताएका छन् ।

९ भदौको बैठक आज बस्दै
नेकपा एमालेले कम्युनिस्ट आन्दोलनको ७५औं वर्षको अवसरमा सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा भदौ ९ मा सचिवालय बैठक गर्ने निर्णय गरेको थियो । ३४ वर्षपछि हुन लागेको बैठक प्रतिकुल मौसमका कारण चार दिन सारिएर आज गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!