आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पर्वतमा एक हजार आठ सय ९४ कर्मचारी खटाइने भएको छ । निर्वाचनका लागि जिल्लाभरका ७४ स्थायी र दुई अस्थायी गरी ७६ मतदानस्थल कायम गरिएको छ । निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी, स्वयंसेवकलगायतका कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
समितिको बिहीबारको पहिलो बैठकले जिल्लाभर मतदाता शिक्षालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै पालिकास्तरमा र वडास्तरमा समिति गठन गरेर घरदैलोमै जनशक्ति परिचालन गरी मतदाता शिक्षालाई प्रभावकारी बनाउने निर्णय भएको निर्वाचन अधिकारी शर्माले जानकारी दिए ।




