यात्मक तहको तालिम हो । परिचयात्मक तालिममा सहभागी हुन केन्द्रले यसअघि आवेदन मागेको थियो, जसमा १ हजार ४६९ जनाले गूगल फाराम भरेर आवेदन दिएका थिए ।
प्राप्त आवेदन मध्येबाट केन्द्रले ३० जनाको नाम छनोट गरेको छ । उक्त ३० जना भौतिक रूपमा आविष्कार केन्द्रमा आएर तालिम लिनेछन् । पुनका अनुसार मिटिङ हलको क्षमता ३० जनाको भएकाले ३० जनाको नाम छनोट गरी इमेल पठाइसकिएको छ ।
बाँकीलाई अनलाइनबाटै तालिममा सहभागी हुन सक्ने व्यवस्था लाइएको छ । यदी तपाई पनि अनलाइनबाटै तालिममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
सुरुको तालिम रिमोट सेन्सिङमा केन्द्रित हुनेछ । धेरै जसो पढाई ल्यापटपमा सिकाउनु पर्ने भएकाले अनलाइनमा पढनेहरुले सबै पढाई राम्रोसंग बुझ्न नसक्ने सम्भावना रहेको पुनले बताए ।
तालिम अमेरिकाको अन्तरिक्ष सम्बन्धि अनुसन्धान गर्ने संस्था नासामा कार्यरत राजेश पौड्याल र अमेरिकामै कार्यरत डा. महेश पुनले दिनेछन् । उनीहरुले नेपालमा नै बसेर अमेरिकाको काम गर्ने हुनाले आफ्नो फुर्सदको समयलाई सदुपयोग गरेर यो तालिम निःशुल्क दिन लागेका हुन् ।