वाम नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिवार एमाले परित्याग गरेको घोषणा गरेका भुसालले निर्वाचन अधिकृतको कार्यालय देवदह सितलनगर पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । उनलाई सत्तारुढ गठबन्धनले सघाउने बताएको छ ।

यो क्षेत्रमा गठबन्धनले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएको छैन । भुसालले आइतवार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गरी आफूले स्वतन्त्र उम्मेदवारी दिने र त्यसलाई गठबन्धन सघाउने माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिबद्धता जनाइसकेको बताएका थिए ।

सत्ता गठबन्धनबाट प्रदेश सभातर्फ अब्दुल रज्जाक र विश्वनाथ यादवले उम्मेदवारी दिएका छन् । दुवै जना नेपाली कांग्रेसका हुन् ।

यो क्षेत्रबाट एमालेबाट केन्द्रीय सचिव सचिव छविलाल विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय