२३ असोज, सप्तरी । सत्तारुढ गठबन्धनबाट प्रदेश सभाको टिकट पाएका नेकपा माओवादी केन्द्रका इन्चार्ज अशोक मण्डल ‘अमर’ ले उम्मेदवारी नदिने भएका छन् ।

गठबन्धनबाट प्रदेश सभा १ को (ख) मा मण्डललाई टिकट दिइएको छ । तर उनले उम्मेदवारी नदिने बताएका छन् ।

‘मैले संघमा टिकट मागेको थिएँ, प्रदेशमा दिइयो’ अनलाइनखबरसँग उनले भने, ‘त्यहीं भएर प्रदेश सभामा उम्मेदवारी दिन्नँ ।’

सत्तारुढ गठबन्धनले क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको उम्मेदवार नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामदेव साहलाई टिकट दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय