Nepal national currency

८ असोज, दाङ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर चुनावी खर्च विवरण नबुझाउँदा जनप्रतिनिधिहरु जरिवानामा परेका छन् ।

निर्वाचन आयोगले समयमै चुनावी खर्च विवरण नबुझाएको भन्दै लुम्बिनी प्रदेशका ६६ जना पालिका प्रमुखहरुको नाम सार्वजनिक गर्दै जरिवाना तोकेको छ ।

लुम्बिनी प्रदेशमा निर्वाचन खर्च नबुझाएर जरिवानामा परेका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरु नाम लिष्ट लामै छ ।

प्रदेशभरका ४ वटा उपमहानगरपालिका र ३२ नगरपालिका र ७३ गाउँपालिकाका गरी कुल एक सय नौं पालिका छन् । ती मध्ये निर्वाचन खर्च नबुझाउदा ६६ जना पालिका प्रमुख जरिवानामा परेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय