ADVERTISEMENT
राजनीति

यस्ता छन् डा केसीका मागका विषयमा सरकारले तयार पारेको प्रगति विवरण

ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं- स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग राख्दै प्राडा गोविन्द केसी धनगढीमा आमरण अनसनमा बसेका छन्। विभिन्न सात बुँदे माग राखेर डा केसी एक सतादेखि अनसनमा छन्।

ADVERTISEMENT

डा केसीले अनसन सुरु गरेपछि सरकारले वार्ता समिति बनाएको छ। वार्ता समिति बनाउनु अघि सरकारले डा केसीसँग विगतमा गरेका सम्झौता र हालका मागका विषयमा भइरहेको प्रगितिको विवरण संकलन गरेको छ। प्रधानमन्त्री कार्यालयका सचिवको अगुवाईमा प्रगिति विवरण संकलन गरिएको हो।

प्रगति विवरणमा डा केसीसँग दुई वर्षअघि सरकारले गरेको सहमति र हाल उठाएका मागका विषयमा भइरहेका कामहरु उल्लेख छ। डा केसीसँग सरकारले २०७७ असोज २४ गते सहमति गरेको थियो। उक्त सहमतिका विषयमा भएका प्रगति र अहिले उठाइएका मागका विषयमा बुँदागत रुपमा विवरण संकलन गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार विगतको सहमतिमा सरकारी मेडिकल कलेज खोल्ने विषय प्रमुख थिए। जसमा सबै प्रदेशमा सरकारी मेडिकल कलेजहरु खोल्ने विषय छन्। उक्त सहमतिपछि प्रदेशमा सरकारी मेडिकल कलेजको प्रगति के भइरहेको छ? कुन प्रदेशमा के काम भइरहेको छ भन्ने विवरण सरकारले संकलन गरेको छ। यस्तै बयालपाटा अस्पताल, चिकित्सक शिक्षा ऐन लगायतका विषयमा पनि भएका प्रगति विवरण सरकारले संकलन गरेको छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!