महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले चौथो दिन बयान दिन सुरु गरेका छन् ।
प्रतिनिधिसभाको कार्यकाल सकिन एक सातामात्रै समय बाँकी छँदा निलम्बित प्रधानन्यायाधीश जबराले आज चौथो दिन महाभियोग सिफारिस समितिमा बयान दिन लागेका हुन् ।

समितिले तयार पारेका ४३ वटा प्रश्नको जवाफ निलम्बित प्रधानन्यायाधीश जबराले दिनुपर्नेछ । अहिलेसम्म जबराले ११ वटा प्रश्नको मात्रै जवाफ दिएका छन् ।
जबराले अझै समितिले तयार पारेका ३२ वटा प्रश्नको जवाफ दिन बाँकी छ । निर्वाचन आयोग मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि असोज २ र ३ मा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समयसीमा तोकेको छ । त्यसैले असोज २ गतेदेखि नै प्रतिनिधिसभाको चालु कार्यकाल अन्त्य हुनेछ ।



