काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरि आस्थाका आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै आपत्ती जनाएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले विभिन्न स्थानका प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारी लगायतका अन्य कर्मचारीको आस्थाका आधारमा निर्वाचनमा आफूलाई अनुकूल हुनेगरी सरुवा गर्ने काम भएको भन्दै आपत्ती जनाएका हुन्।

उनले चुनावको मिति घोषणा भएपछि गरिएका सरुवा बदर गर्न पनि माग गरे।
कामचलाउ सरकारको रुपमा रहेको सरकारले धमाधम दूरगामी महत्वका विधेयक ल्याउने र कर्मचारीको जथाभावी सरुवा गर्नु उचित नभएको नहाको भनाइ छ।
उनले स्थानीय तहको निर्वाचनमा जस्तै अबको निर्वाचनमा पनि कुनै प्रकारको हस्तक्षेप भए प्रतिवाद गर्ने चेतावनी पनि दिए। उनले मंसिरसम्म अहिलेकै कर्मचारी कायम राख्न माग गरे।



