अर्जेन्टिनाकी उपराष्ट्रपति हत्याको प्रयासबाट बालबाल बचेकी छन् । आक्रमणकारीले उनलाई लक्षित गरेर बन्दुक तेर्साएपनि उक्त बन्दुक ‘जाम’ भएकोले उनी बच्न सफल भएकी हुन् ।
प्रहरीले बन्दुकधारीलाई नियन्त्रणमा लिएको छ । उनी ३५ वर्षीय ब्राजिलियन नागरिक भएको प्रहरीले जानकारी दिएको छ । उनले आक्रमण गर्नुको कारणबारे सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।

बीबीसी



