नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको नेतामा रमेशजंग रायमाझीलाई मनोनयन गरेका छन् । कांग्रेस संसदीय दलको नेता समेत रहेका देउवाले सांसद रायमाझीलाई दलको नेतामा मनोनयन गरेका हुन् ।
तत्कालीन कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।




