भारतमा लोकसभा निर्वाचन आउनका लागि अझै दुई वर्ष जति बाँकी छ तर प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिन सक्ने उम्मेदवार को होला भनी अहिलेदेखि नै चर्चा चल्न थालेको छ ।

सत्तारूढ भारतीय जनता पार्टीका विरुद्ध विपक्षीहरूले महागठबन्धन बनाउन चाहेका छन् र त्यससँगै सबैलाई स्वीकार्य हुने साझा उम्मेदवार खडा गर्न खोजेका छन् । तर उनीहरूलाई यसमा कठिनाइको सामना गर्नुपरिरहेको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, बिहारका मुख्यमन्त्री नीतीश कुमार र कांग्रेस नेता राहुल गान्धी मोदीविरुद्ध साझा उम्मेदवार बन्ने दाबी गर्नेमध्ये अग्रपंक्तिमा छन् ।
भाजपाको व्यापक चुनावी प्रचारप्रसारका बावजूद पश्चिम बंगालमा प्रचण्ड बहुमतका साथ विधानसभा निर्वाचन जितेर ममताले आफूलाई प्रधानमन्त्रीको बलियो उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेकी छन् । मोदीले गुजरातमा लगा�