“अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल गरियोस्” भनी उनले अर्को प्रस्ताव प्रस्तुत गर्नेछन्।
“सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्” भनेर पनि उनले प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार आजको कार्यसूचीमा राष्ट्रिय सभाको सन्देशसहितको “काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६” को दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देशसहितको “शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाको सन्देशसहितको “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै आज राष्ट्रिय सभाको सन्देशसहितको “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८” माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
मन्त्री बडूले राष्ट्रिय सभाको सन्देशसहितको “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
राष्ट्रिय सभाको सन्देशसहितको “प्रत्यायन विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत हुनेछ।
राष्ट्रिय सभाको सन्देशसहितको “प्रत्यायन विधेयक, २०७८” माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
बडूले नै राष्ट्रिय सभाको सन्देशसहितको “प्रत्यायन विधेयक, २०७८ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।




