
काठमाडौं । तराईबासी नेपालीको ठूलो पर्व छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको कमलपोखरी र गौरिघाटमा छठ पूजा गरेकी छन् ।
बुधबार अपरान्ह कमलपोखरी पुगेकी उनले छठी माताको पूजा गरेकी हुन् । छठको आज मुख्य दिन हो । आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिन्छ । छठ पूजा गर्न कमलपोखरीसहित काठमाडौंका धेरै जलासय सजाइएको छ ।
काठमाडौंमा बसोबास गर्ने तराईबासीको ठूलो संख्या छठ पूजा गर्न जलासयमा पुगेका छन् ।
हेर्नुहोस् गौरीघाटमा राष्ट्रपतिले गरेको छठ पूजाको तस्वीर