प्रत्येक वर्ष भदौं १५ लाई राष्ट्रिय पुस्तकालय दिवसको रुपमा मनाईन्छ । यस वर्ष २०८२ को पुस्तकालय दिवसको आर्दश वाक्य “हाम्रो पुस्तकालय हाम्रो भविष्य” रहेको छ । यति ठूलो महत्वकांक्षा बोकेको पुस्तकालयहरु किन दिशा हिन भए ? जवाफहरु खोत्लन् बाँकी नै छन् । जे होस तर पुस्तकालयलाई हाम्रो भविष्यसँग जोडनु नै पर्दछ । जनताको भविष्य कोर्ने मुख्य थलो पुस्तकालय हुन । समृद्ध राष्ट्रको भाग्य कोर्ने स्थल हुन पुस्तकालय ।

भनिन्छ “Readers are leaders” ! जो पढ्छन उ अगाडी बढ्छन् । नेतृत्वलाई पढनु पर्दछ । किनभने पठन संस्कृति उर्जाको स्रोत हो । जसले व्यक्तित्वलाई निखारने गर्दछ । ईच्छाशक्तिलाई मजबुत बनाउँछ । दुरदृष्टिको विकास गर्छ । अध्ययनशील व्यक्ति समाजको परिपक्क नेतृत्व हुन । समृद्ध राष्ट्रको सपना बोक्नेहरु पढ्छन् । जनताको भाग्य कोर्नेहरुलाई पढनु पर्दछ । पढने व्यक्ति कहिल्यै एक्लो हुँदैन” यो भनाइ अमेरीकी निबन्धकार जोसेफ एडिसनको हो । पुस्तकसँगको सम्वन्धले मानिसलाई अन्र्तमनको खोजीमा डुबाउछ । मानव चेतनालाई निरन्तर गतिशिल बनाउँदछ ।

“एउटा असल पुस्तक असल मित्र हुन् ।” पुस्तकले पाठकलाई वैचारिक रुपमा साथ दिईरहन्छ । “असल विचार भएका मानिस कहिल्यै एक्लो हुँदैन” । स्वामी विवेकानन्दको यो वाक्य हाम्रो लागि प्रेरणाजन्य छन् । विचार उत्पन्न हुने एउटा स्रोत पुस्तक नै हुन । असल पुस्तकले असल विचार उत्पन्न गर्दछ । सहि सहित्यले सहि दिशा निर्देश गर्दछ । मनलाई मजबुत बनाउने गर्छन । सोचलाई जिवन्तता प्रदान गर्छ । मानसिक संतुलन कायम गरी आत्म विश्वास बढाउने काम गर्दछ । त्यसैले नेतृत्वहरुलाई पढनै पर्दछ । समाज निर्माण गर्नेले पढ्नुपर्दछ ।

विश्व कै उत्कृष्ट शिक्षा भएको देश फिनलैण्डमा मानिसहरु नगर पुस्तकालयको पहुँचमा छन् । विद्यालयमा “विहानी पठन समय” लागु गरेको छ । विहान असल पुस्तक पढ्ने बानीले दिनभरको उर्जा प्रदान गर्दछ । फिनलैण्डले reading Nation Campaign ले पठ्न संस्कृती तथा पुस्तकालय दुवै लाई जिबन्त राख्ने गरेको छ ।

सिंगापुरमा Read Singapore अभियानले बस पार्क, मेट्रो स्टेशन र कार्यालय सम्म मिनि ल्याबे्ररी” को व्यवस्था गरिएको हुन्छ । जापानमा विद्यालय पुस्तकालय मार्फत दैनिक पठ्न सयमलाई नियमित अभ्यास बनाईएको छ । अमेरिकामा पुस्तकालय र विद्यालयको साझेदारीमा Sunner Reading Challenge सञ्चालन गरी गर्मिविदामा बच्चालाई पढ्न प्रेरित गरिन्छ ।

जीवनपर्यन्त पठ्न संस्कार वृद्धिका लागि सरकारले सार्वजनिक पुस्तकालयलाई प्राथमिकतामा राखिएको छ । स्थानीय निकायको समृद्धिको खाकाहरु तयार गर्न पुस्तकालय नै महत्वपूर्ण छ । एउटा सम्पन्न नगरको लागि दुरगामी सोच भएका नेतृत्व आजको आवश्यकता हुन । शिक्षित व्यक्तिले समाजको नेतृत्व लिदा समाजिक समृद्धि हुने हो । जसको लागि सार्वजकि पुस्तकालय मुख्य थलो हो ।

बौद्धिक अभ्यास विना सामाज अधुरा हुन्छन् । समाजको सर्वाङ्गिण विकासको आधारशिला नै बौद्धिक अभ्यास हो । बौद्धिक विकासको लागि पुस्तकालयले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । बहुसंख्यक स्थानीय तहमा शिक्षित नेतृत्वको अभावले दिगो विकासमा नकारात्मक प्रभाव परिरहेका छन् । स्थानीय भाौतिक स्रोत र साधन संकटमा पर्न सक्ने अवस्था छ । यसका लागि एउटा बौद्धिक अभ्यास केन्द्र पुस्तकालय हुन । यसलाई अब अध्ययन केन्द्र मात्र नहेरी अनुसन्धान केन्द्रको रुपमा हेर्नु पर्दछ ।

पुस्तकालयले ज्ञानको क्षितिज निर्माण गर्दा अन्वेषण को पृष्ठभूमि निर्माण गर्छ जसबाट देशको आर्थिक समाजिक तथा सर्वाङ्गीण विकास वारेमा नया चिन्तन प्रस्फुटन हुन्छ । पठ्न संस्कृतीले पृष्ठोषण गर्दछ । समाज तथा राष्ट्र हाक्नेलाई हरेक क्षेत्रको ज्ञान र बोध आवश्यक पर्दछ । निरन्तर अध्ययनशील व्यक्ति समाजको लागि परिपक्क नेतृत्व हुन । पुस्तकालय अध्ययन अनुसन्धान तथा अन्वेषण गर्ने समाजिक स्थल हुन । यहाँबाट विभिन्न क्षेत्रका सूचना तथा खोज प्राप्त गर्न सकिन्छ ।

समृद्ध राष्ट्र निर्माणको परिकल्पना बोकेका तथा जनताको भाग्य र भविष्य कोर्न जुटेका नेतागणको अध्ययन केन्द्र सार्वजनिक पुस्तकालय हो । सरकारको “एक पालिका एक नमुना पुस्तकालय” को अवधारणा सराहनिय छ । यसले स्थानीय स्तरबाट समाजिक र आर्थिक विकासमा सहयोग गर्दछ । विज्ञान र प्रविधिको तिब्र विकासले सार्वजनिक पुस्तकालय संकटमा देखिन्छ । युग अनुसार परिमार्जन आवश्यक छ । अब पुस्तकालय अध्ययन केन्द्र मात्र नभई स्थानीय तहको नीति तथा अनुसन्धान केन्द्र बन्नु पर्दछ । जहाँबाट स्थानीय स्रोत र साधनको उपयोग गरी दिगो विकास लक्ष्य प्राप्ति गर्ने मुख्य थलोको रुपमा स्थापित गर्नु हो ।

नियमित पढ्ने बानीले “मानिसको स्वास्थ्यमा विकास” हुन्छ भनी अमेरिकन रिसर्चहरुबाट पतालागेका छन् । अमेरिकन बैज्ञानिक डा. ग्रनिक र डा. विरेनको खोजले पता लगायो कि मानवको दीर्घ जीवनको सम्बन्ध मनुस्यको मस्तिष्क तथा ज्ञान सँग जोडिएका हुन्छन् । पढने बानीबाट ज्ञानवृद्धि हुनुको साथ साथै आयुको पनि वृद्धि हुन्छ । जुन व्यक्ति ५० वर्ष उमेर पश्चात पढने काम बन्द गर्छन उनीहरुको मस्तिष्कका कोषहरु निश्क्रिय हुन थाल्छन् । तथा चाडै वृद्धा अवस्था प्राप्त गर्दछन् । तसर्थ दिर्घजीवी रहनको लागि तथा स्वस्थ्य मस्तिष्कको लागि पढनु निकै आवश्यक छ ।

आजको युवापुस्ताहरु मोबाइल तथा समाजिक सञ्जालमा हराईरहेका छन् । यसले Information दिन सक्छ तर Transformation गर्न सक्दैन । समग्र व्यक्तित्व विकास बौद्धिक विकासको लागि पुस्तक अध्ययनलाई नै महत्वपूर्ण मानिएको छ । ईन्टरनेटको छोटो बाटोबाट सबै कुरा प्राप्त गर्न सकिदैन । इन्टरनेटको प्रयोगले मानिसमा रचनात्मक कार्य गर्न अवरोध गर्ने कुरा विज्ञहरुले औल्याएका छन् ।

“एक पालिका एक नमूना पुस्तकालय” को अवधारणा प्रभावकारी छन् । पुस्तकालयले स्थानीय तहमा खोज, अनुसन्धान केन्द्रको रुपमा स्थापित संस्था हो । स्रोत र साधनको सही सदुपयोग गर्न सिकाउने केन्द्र पनि हो । दिगो विकास लक्ष्यलाई सही गनतव्यमा ल्याउने केन्द्र पनि हो । यसले स्थानीय ग्रामीण जनताहरुलाई विभिन्न सेवाहरु दिन्छन । कृषि सम्बन्धी मल, विउ विजन सम्वन्धि सूचना, बैदेशिक रोजगार परामर्श सेवा, उच्च शिक्षाका लागि परामर्श सेवा, राहदानी, छात्रवृति आदिमा सहयोग कार्य सार्वजनिक पुस्तकालयले गर्दछ । अब पुस्तकालय एउटा अध्ययन केन्द्र मात्र होइन यो एउटा सार्वजनिक सूचना केन्द्र पनि हो । यसलाई सूचना केन्द्रसँगै स्थानीय नीति तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्नु आवश्यक छ । स्थानीय बुद्धिजीवी, लेखक अनुसन्धानकर्ता, विषयविज्ञ, राजनेता, समाजसेवी लगायत बौद्धिक वर्गको मुख्य थलो पुस्तकालय हो । उनीहरुको विज्ञतालाई उपयोग गरी स्थानीय विकासमा सेवा लिन सकिन्छ । खोज अनुसन्धान र अन्वेषण गरी स्थानीय समस्या समाधान गर्न सकिन्छ । त्यसैले अब “हाम्रो पुस्तकालय हाम्रो भविष्य” हो । यसले समाजको भविष्य र जनताको भाग्य निर्माण केन्द्रको रुपमा स्थापित हुनु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!