विकासशील मूलकहरुमा प्रारम्भिक कक्षाको सिकाईलाई उच्च उपलब्धी स्तर बढाउनको लागि सबैको समान सहभागीता, समान चाहना र समान रोजाईममा प्रारम्भिक कक्षा पढाई आजको महत्त्वपूर्ण आवश्यकता हो ।
विद्यालय क्षेत्र सुधार कार्यक्रमले प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई सामूदायिक विद्यालयको सक्षमता र गुणस्तर सुधार गर्ने आधारभूत सिपका रुपमा विशेष प्राथमिकता साथ अगाडि बढाएको छ ।
तर उपलब्धीस्तर अत्यन्त न्यून रहेको छ । नेपाल सरकारको पञ्चवर्षीय कार्यक्रम रुपमा प्रस्तुत राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम आर्थिक वर्ष २०१४ देखि प्रारम्भ भएको योजना हो । यसले प्रारम्भिक तहका कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाई सिपको विकासमा जोड दिएको छ ।
प्रारम्भिक कक्षा पढाई सिकाईको स्तर न्यून हुनुको कारणहरु
१. नेपाली भाषा शिक्षणका लागि छुट्याएको समयको अपर्याप्ता
२. विद्यालयमा भर्ना हुनु आउँदा नेपाली भाषाको बुझाईमा समस्या भएका विद्यार्थीहरुलाई सहयोग गर्ने स्पष्ट रणनीतिको अभाव
३. अपर्याप्त अनुगमन, सुपरीवेक्षण तथा प्राज्ञिक सहयोग
४. शिक्षकको पेसागत विकासका रणनीतिहरु प्रभावकारी हुन सकिरहेका छैन् ।
५. सिकाई उपलब्धीप्रति अपर्याप्त ध्यान र विद्यार्थी सिकाईप्रति उतरदायित्वबोधको अभाव ।
६. विद्यालयमा गरिने मूल्याङ्कन पद्धति सिप तथा उपलाब्धिमूखी छैन् ।
७. सिकाइका लागि आवश्यक न्यूनतम शर्त नभएको ।
८. भाषामा पाठ्यक्रमले पढाईलाई छुटै र महत्त्वपूर्ण अवयवका रुरपमा पहिचान गरेको छैन् ।
९. पाठ्यपुस्तकमा पनि केही सीमा छन् ।
१०. वास्तविक काममा कम समय दिनु शिक्षण सिकाई प्रकृया शिक्षक केन्द्रित हुनु ।
११. शिक्षकहरु विद्यार्थीको पढाइको स्तरअनुरुप शिक्षण गर्दैन ।
१२. पढाई सिप सिकाउने सन्तुलित र समग्र पद्धतिको खाँचो ।
१३. स्पष्ट पहिचान भएका सिप सिकाउन भन्दा विषयवस्तु सिकाउनमा बढी जोड दिएको।
१४. व्यवस्थित किसिमले डिकोडिङ्ग सिकाइदैन ।
१५. वोधलाई पर्याप्त जोड दिदैन ।
१६. पढाईको उपलब्धी नियमित परीक्षण गरिदैन ।
१७. पढाईको गति बढाउने पाठ्यसामग्री तथा अभ्यासको खाँचो ।
१८. कमजोर विद्यालयका लागि उपचारात्मक शिक्षणको अवसर प्रदान गर्दैन ।
अब कसरी सुधार गर्नेत ?
खस्किदै गएको प्रारम्भिक कक्षा पढाईमा सबैको सक्रिय सहभागिता तथा रचनात्मकता मार्फत विद्यार्थीहरुको सिर्जनात्मक सिकाई प्रवर्द्धन गर्दै सबैको रोजाईको विषय बनाउनु पर्दछ ।
सबै विद्यार्थीहरुको पढाई, लेखाई, बोलाई र सुनाई सिपको अधिकतम सुधार गर्दै सबैको समान मर्यादीत उचित तवरले रोजाईको बाटो तिर अग्रसर गराउनु पर्दछ ।
कमजोर विद्यार्थीहरुका लागि उपचारत्मक सहयोगको प्रावधान सहित निरन्तर सदैव सहयोग गर्दै मूल्याङ्कन पद्धतिको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको भूमिका बढाउन विशेष जोड दिनुपर्ने।
कक्षामा गुणस्तरीय पठन पाठन मार्फत विद्यार्थीहरुको सिकाई उपलब्धीको मूल्याङ्कन गर्दै आवश्यकता परेका विद्यार्थीहरुमा सुधारका लागि शिक्षकले समयमा सहयोग गर्नुपर्ने ।
विशेषगरी प्रारम्भिक कक्षामा शैक्षणिक सामग्रीहरुको सजावटले सुन्दर र आकर्षक बनाई सबैको सक्रिय सहभागीता गराई सबै विद्यार्थीहरु रमाई रमाई खेली खेली सिक्ने खालको वातावरण सृजनान गरी सबैको रोजाईको विषय बनाउनु पर्दछ।
पढाई सिप सिकाउने सन्तुलित र समग्र पद्धतिको विकास गरी बोधलाई पर्याप्त जोड दिँदै वास्तविक काममा अधिक समय दिई व्यवस्थित किसिमले सिकाउनु पर्दछ।
सिकाईका लागि आवश्यक शर्तहरु बनाई भाषा पाठ्यक्रमले पढाईलाई छुट्टै र महत्त्वपूर्ण अवयवका रुपमा पहिचान गरी पढाईको गति बढाउने पाठ्यसामग्री तथा अभ्यासमा विशेष जोड दिनु पर्ने।
निष्कर्ष :
पढाई सीप र संस्कृतिको प्रवर्द्धन गर्दै प्रारम्भिक कक्षा पढाई गर्न विद्यालयहरुलाई तयार पारी प्रभावकारी अनुगमन गर्नुपर्ने।
सबै विद्यालयहरुमा प्राम्भिक कक्षा पढाईको लागि भरपर्दो तथा गुणस्तरीय शिक्षण सिकाईमा विशेष जोड दिँदै अनूकुल विद्यार्थी केन्द्रित विधिको प्रयोग गरी सबै विद्यार्थीहरुको रोजाईको विषय बनाउनुपर्दछ ।
सबै विद्यार्थीहरुमा कक्षागत न्यून्तम सिकाई सक्षमता सुनिश्चित गर्दै कक्षामा गुणस्तरीय पठन पाठन मार्फत विद्यार्थी सिकाई उपलब्धीको मूल्याङ्कनमा विशेष जोड दिँदै सबै विद्यार्थीहरुको समान सहभागीताको लागि प्रोतसाहित गर्दै सबैको रोजाईमा अभिवृद्धि गर्नु पर्दछ ।
सबैको रोजाईमा अधिकतम अभिवृद्धि गर्दै प्रारम्भिक कक्षा पढाईलाई बलियो बनाउन सके “जग (Foundation) बलियो भए घर बलियो हुने भने झैँ प्रारम्भिक कक्षा पढाई बलियो भए उच्च शिक्षा सम्म गुणस्तरिय तथा बिक्ने खालको शिक्षा आर्जन गर्न ठूलो सहयोग पुग्छ ।
(लेखक राजदेव यादव शिक्षा विकास तथा समन्वय ईकाई, धनुषाका शाखा अधिकृत हुन् ।)