छोटी भन्सार पुन: स्थापना संघर्ष समिति नै बनाएर उनीहरूले सोमबार दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शनले पूर्व-पश्चिम राजमार्ग केही बेर अवरुद्ध बनेको थियो ।
अहिले राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आइसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले जानकारी दिए ।

डीएसपी पालका अनुसार प्रदर्शनकारीहरूले जिरोमाइल भन्ने स्थानमा प्रदर्शन गरेका हुन् । ‘उनीहरूले मध्याह्नपछिको समयमा प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गरेका थिए, अहिले राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ,’ उनले भने ।
उनीहरूले करिब २० मिनेट जति प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई तितरबितर पारेको उनले बताए ।



