काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा सरकारको नियमित कामकारवाहीका साथै केही नियुक्ति गरिने बुझिएको छ।



