एक बोतल पानी र तीन कप चियासँगै गफ गर्दैथिए, तीन भाई । गपको विषय नै जिल्लाको पत्रकार र पत्रकारिता थियो । सिरहाको मिर्चैयादेखि कटारी जाने बाटोमा रहेको एक चिया पसलबाहिरै बसेर चियाको चुस्कीसँगै गफिदै गर्दाको तस्वीर (सेल्फी) लिएको थिए । आजभन्दा करिब २ सय ७७ दिन अघि (२५ जुन २०२३) समाजिक सञ्जाल फेसबुकमा एउटा फोटो सहित सानो प्रतिक्रिया लेखेको थिए,‘पत्रकारिताके उभरते सितारोके संग ।’

सिरहा जिल्लामा सयभन्दा वढी विभिन्न मिडियामा आबद्ध पत्रकारहरु रहेका छन् । अनलाईन, छापामाध्यम, टेलिभिजनसँगै न्यू मिडियासँग जोडिएका छन् । सयौं पत्रकारहरुले सिरहा जिल्ला भरिभराउ हुँदा पनि वेथिति विरुद्ध सशक्त रुपमा बोल्न, लेख्न र समाचार सामग्री प्रस्तुत गर्न सकेनन् भनेर मुख्य बजार क्षेत्रका चिया पसलदेखि मदिरा पसल, पान पसलदेखि सिरहाका दुरदराज गाउँसम्म गुनासो सुन्न पाईन्छ । राष्ट्रको चौथों अंगको रुपमा परिभाषित गरिएको र नागरिकको अत्याधिक विश्वास रहेको पत्रकारिता क्षेत्र सिरहामा डगमगायो भनेर सार्वजनिक रुपमा नै आलोचना भईरहन्छ ।

आलोचनाहरुका वीचमा पनि ‘पत्रकारिताके उभरते सितारो’ सँग अपेक्षा सहितको भरोसा पनि नागरिकमा बढ्दै गएको छ । युवा पुस्ताका विनय आजादको कुरा गरौं । जिल्लाको पत्रकारितामा आजाद उभरते सितारेको रुपमा देखिएका छन् । रेडियो पत्रकारिता, अनलाईन पत्रकारितासँगै टेलिभिजन पत्रकारितामा आफूलाई अब्बल साबित गर्न कडा मिहिनेतमा जुटेका आजादले सिरहा जिल्लामा पत्रकारको खस्किदो माथि उकास्ने काम गर्दैछन् ।

सिरहा जिल्लाका पत्रकारिताप्रति चिन्तित युवा पत्रकार आजादले कान्तिपुर टेलिभिजनको निम्ति एउटा गज्जबको भिडिया पूरा गरे । जुन स्टोरीले एक प्रकारले कम्पन ल्याएको छ । राज्यका निमायक संस्थाहरु कसरी पंगु बनेको छ भन्ने कुरालाई उजागर गरेको छ । सिरहाको चोहर्वामा रहेको शारदा डिस्टिलरीले राजश्व छली गरेको विषय उजागर गर्न सक्नु समान्य कुरा होईन । जिल्लामा स्थापना भएको दशकौं पूरानो मदिरा उद्योगले गरेको कर छलीको घटना तथ्यपूर्ण रुपमा प्रस्तुत गर्नु र राज्यको उपल्लो निकायलाई नै छानबिन गर्न जिम्मेवार बनाउन गरेको स्टोरी महत्वपूर्ण छ । यो राजश्व छली संस्थागत रुपमा भएको मान्न सकिन्छ । जिल्लामा रहेको आन्तरीक राजश्व कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय र राष्ट्रिय अनुसंधान विभाग मुखियाहरुले निगरानी गर्न नसक्नुले संदेह पैदा गरेको छ । यत्रो लामो समयदेखि कति करोड वा अर्बौ रुपैयाँको कर छलि भएको होला भन्ने यकिन विवरण छैन् ।

आजाद कर छलिको यो विषयको उठान गरेर जिल्लामा रहेको ठूला उद्योगहरु मारुती सिमेन्ट उद्योग, सौर्या सिमेन्ट उद्योग, हिमालय कत्था उद्योगमाथि प्रश्न खडा गरेको छ । कर छलिको घटनाको समाचारको निम्ति आजादले गरेको निगरानी उम्दा पत्रकारमा हुुनुपर्ने गुण हो । कर छलिको घटना उजागर भएर माफियाहरुवाट आउने ‘दबाब’लाई एक प्रकारको सफलता हो ।
आजादले कर छलिमात्र होईन सुरक्षा निकायको संलग्नतामा हुने मदिराको छिमेकी मुलुकमा तस्करीको विषयलाई पनि सार्वजनिक गरिदियो । केही सञ्चारमाध्यमले तस्करीका समाचारलाई निरन्तर उठाएपनि त्यसलाई साबित गरिदिने बलियो आधार नै आजादको रिर्पोटिङवाट भएको हो । कसरी सिरहा जिल्लाका सुरक्षा निकाय मिलेपछि माफियाले सहजै भारततर्फ मदिराको तस्करी गर्न सफल भएको छ भन्ने यो ‘माल पाएपछि चाल नपाउने’ बलियो आधार बनेको छ । सिरहाका सिमा भएर छिमेकी मुलुक भारतमा मदिरा तस्करी भईरहँदा नै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले लागुऔषधको कोरोबारलाई सीमाक्षेत्रको भारतीय भूमीमा रोक्न वास्ता नगरेको बुझ्न सकिन्छ । जसले गर्दा सिरहासँगै चुरे छेउका उदयपुर, सिन्धुली जिल्लाका विभिन्न गाउँ र बजारका युवाहरु सिरहासँग जोडिएको भारतीय बजार पुगेर लागुऔषध सेवन गर्ने र ओसारपोसार गर्नमा सरिक हुन्छ । ‘तस्करको कमाई’ बन्द नहोस् भन्ने ध्येय रहेको बुझ्न सकिन्छ ।

युवा पत्रकार आजादले जिल्लामा पत्रकारिताको खास जोगाउन गरिरहेको तथ्यपूर्ण र साहसिक पत्रकारितालाई युवा पुस्ताका पत्रकारहरुले जोड दिनुपर्छ । अब जिल्लाका राजनीतिक दल, नेता, स्थानीय तह, उद्योग कलकारखाना र सरकारी कार्यालयहरुको प्रवक्तामा सिमित हुनु भएन । जिल्लामा जलवायु परिवर्तनले पारेको प्रभाव, शिक्षाको खस्किदो अवस्था, खानेपानीको अभाव, कृषि उपजको उत्पादनमा कमी, कमजोर पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्रमा भईरहेको हेलचक्राई र भ्रष्टाचारजन्य कृयाक्लाप विरुद्धमा धावा बोल्न जरुरी छ । आजादले ‘क्रान्ति’ गरेको छ । अब पालो युवा पत्रकारहरुको हो । नागरिकको सर्वोत्तम हित र भ्रष्टाचार विरुद्धमा साझा रुपमा कलम चलाउँनु सहकार्य गर्नुपर्छ । अनि मात्र सिरहा जिल्लाको सुन्दर भविष्यको चित्र कोर्न सकिन्छ र यसले जिल्लाका समग्र विकासमा टेवा पुग्न सक्छ ।
स्याबास, आजाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!