सिरहा, १२ असोज । जिल्ला प्रशासन कार्यालय सिरहाले इजाजत प्राप्त हतियार प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले एक सूचना जारी गर्दै आउदो मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार तथा गोलिगठ्ठा बुझाउन अनुरोध गरेको हो ।

यही असोज मसान्त भित्र जिल्ला प्रशासन कार्यालय सिरहामा हातहतियार तथा गोलिगठ्ठा बुझाउन अनुरोध गरिएको हो । प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनपछि फिर्ता हुने गरी हतियार बुझाउन अनुरोध गरेको उनले जानकारी दिए ।

नुमति प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय