जनकपुरधाम । जनकपुरधाम स्थित माडवाडी सेवा समितिले शनिबार एक कार्यक्रमका बिच निर्विरोध नव निर्वाचित कार्यसमितिलाई शपथग्रहण तथा पद हस्तान्तरण गरेको छ । निवर्तमान अध्यक्ष ललित वजाजको अध्यक्षता तथा मधेस प्रदेशका खानेपानी तथा उर्जा मन्त्री माननीय ओम प्रकाश शर्माको प्रमुख आतिथ्य एंव प्रदेश सभासद परमेश्वर साहको विशेष आतिथ्यमा सम्पन्न जनकपुरका बहुचर्चित युवा व्यबसायी तथा समाजसेवी निर्मल कुमार चौधरीको नेतृत्वमा नव गठित कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त बिजय झुनझुनवालाले पदको गोपनियताको शपथ दिलाउँदै प्रमाणपत्र प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य वरिष्ठ पत्रकार राम भरत साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, किशोरी साह, परमेश्वर साह लगायतले दिएका थिए । सोही अवसरमा निवर्तमान अध्यक्ष ललित वजाजले समितिमा कार्यरत कर्मचारीहरूलाई नगद पुरस्कार प्रदान गरेका थिए भने सेवा समितिले जेहेन्दार छात्र – छात्राहरूको उज्वल भविष्यका निमित्त हाललाई नगद रू १५ लाखको अक्षय कोषको स्थापना गरी त्यसको ब्याजबाट सबै जातजाति तथा वर्ग समुदायका जेहेन्दार वालवालिका छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेकाछन् ।

वि. सं. २०२४ सालमा स्थापना भएको माडवाडी सेवासमितिले सस्तो र सुलभ भोजनालयको स्थापना गरेको छ भने बिगतका दिनहरूमा सामाजिक क्षेत्रमा उत्कृष्ट तथा महत्त्वपूर्ण भूमिकाको लागि चर्चित रहेको र कोभिड –१९ को पहिलो चरणमा ३० दिनसम्म निःशुल्क भोजन वितरण गरेको सराहनीय कार्यहरू गर्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय