सिरहा । प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउँद गरेको समान बरामद गरेको छ । भन्सार छलीका समान सहित प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–३ स्थित अस्पताल चोकमा ना ५ ख ६३४८ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा भन्सार छलीका समान बरामद भएको हो । भारतबाट अवैध रुपमा ट्रकमा राखेर ल्याउँदै गरेको भन्सार छलीका कस्मेटिक सामान ३ लाख १५ हजार २ सय ४० र अन्य सामानहरु ११ लाख ४२ हजार एक सय ५० गरी १४ लाख ५७ हजार ३ सय ९० रुपैयाको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीले वरामद गरेको सामान, मिनी ट्रक र चालक सहित आवश्यक कारवाहीको लागि ठाँढी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!