सिरहा । सिरहा जिल्ला क्रिकेट संघको अध्यक्षमा सुनिक कुमार महासेठ दोस्रो कार्यकालका निम्ति पुनः चयन भएको छ ।
सिरहा सदमुमकाममा भएको दोस्रो साधारण सभावाट महासेठ नेतृत्वमा सर्वसम्मत जिल्ला कार्य समिति चयन गरिएको हो । अध्यक्षमा महासेठ, उपाध्यक्षमा मनोज कुमार साह, सचिव विकल कुमार विष्ट, कोषाध्यक्ष श्याम बाबु यादव रहेका छन् ।

यस्तै सदस्यहरुमा जितेन्द्र कुमार मण्डल, रमेश कुमार साह, अनिशलाल श्रेष्ठ, उमेश कुमार महासेठ, राकेश कुमार यादव, शंकर यादव र भरत कार्की सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत विनोद कुमार कर्णले बताएका छन् ।

जग्गा भएर रंगशाला बनाउन पहल गर्छु ः कोषाध्यक्ष सिंह
नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय कोषाध्यक्ष रोशन कुमार सिंहले दोस्रो साधारण सभा उद्घाटन गर्दै क्रिकेटको विकासमा जुट्न आग्रह गरेका थिए । सिरहा सदरमुकाममा जग्गा उपलब्ध भएमा क्रिकेट स्टेडियम निर्माण गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
सिरहा जिल्लामा नेपाल क्रिकेट संघ (क्यान) मा आबद्ध १५ जना खेलाडीहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!