सिरहा । सिरहा नगरपालिका–९ ठेंगहीका चिसो प्रभावित २ सय जेष्ठ नागरिक, अति विपन्न परिवार, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा दलित समुदायलाई फाइबर सिरक प्रदान गरिएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रमबाट फाइबर सिरक वितरण गरिएको वडा नम्बर ९ कार्यालयले जनाएको छ ।
पछिल्लो समयमा बढेको अत्यधिक जाडो बढेपछि कठ्यांग्रिएर जीवन धान्न अप्ठयारो भएका जेष्ठ नागरिक, अति विपन्न परिवार, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा दलित समुदायका २ सय परिवारलाई १/१ थानका दरले फाइबर सिरक प्रदान गरिएको वडा अध्यक्ष हरीदेव यादवले बताएका छन् ।

फाइबर सिरक वितरण कार्यक्रम वडा अध्यक्ष यादवसँगै वडाका निर्वाचित सदस्यहरु, वडा सचिव, स्थानीय बुद्धिजिवी, समाजसेवी, नागरिक समाज, विभिन्न राजनीतिक दलको प्रतिनिधी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय