काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन् । शुक्रबार ६३ जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले भने, ‘सकेसम्म समझदारीबाट नेतृत्व चुन्न आग्रह गर्छु । नभए स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्नुस् ।’

एमाले महासचिव शंकर पोखरेलका अनुसार प्रदेश १ को संखुवासभामा २६ गते अधिवेशन हुनेछ भने प्रदेश २ को सप्तरी बाहेकका जिल्लामा अधिवेशन हुने छैन ।

गण्डकीको मनाङ र मुस्ताङ, लुम्बिनीको पूर्वी रुकुम र रोल्पा, कर्णालीका ३ जिल्ला र सुदूरपश्चिमको बझाङमा अधिवेशन हुने छैन । अन्यत्र सबै जिल्लामा एकसाथ अधिवेशन भइरहेको छ ।
जिल्ला कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ भने ५ पदाधिकारीमध्ये एक महिला हुनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!