
सिरहा । सिरहाको कल्याणपुर नगरपालिकामा चिसोले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कल्याणपुर नगरपालिका -१ मुसहरीटोल बस्ने पनेलाल मुसहरको करिब ६५ बर्षिया श्रीमती पल्टी सदा मुसहरको आज बिहान ५ बजे मृत्यु भएको उक्त वडाका वडा अध्यक्ष जय राम कामतीले बताएका छन । गत वर्ष चिसोकै कारण श्रीमानको पनि मृत्यु भएको अध्यक्ष कामतीले बताए ।