काठमाडौँ — नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटीको बैठक पुष्पकमल दाहाललाई अध्यक्षमा चयन गर्दै स्थगित भएको छ । ललितपुरको सानेपामा भएको बैठकले अध्यक्षमा दाहाललाई सर्वसम्मत रुपमा चयन गरेको हो।

अर्को बैठक पुस २५ गते बस्ने बताइएको छ । माओवादी केन्द्रको आइतबार ८ औं महाधिवेशनले केन्द्रीय समितिको चयन गरेको थियो । सोमबारको बैठकबाट अध्यक्षमा दाहाल चयन भए पनि पदाधिकारीहरूको भने टुंगो लागेको छैन ।

बाँकी केन्द्रीय सदस्य र पदाधिकारीको टुंगो २५ गतेको बैठकले लगाउने कृष्णबहादुर महराले जानकारी दिएका छन् । सोमबार नेता नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा दाहाल सर्वसम्मतबाट चयन भएका हुन् ।

यससँगै दाहाल ३ दशकभन्दा लामो समयदेखि माओवादीको नेतृत्वमा रहँदैआएका छन् । उनले अध्यक्षमा निर्वाचित भएपछि आफूलाई महत्वपूर्ण परिस्थितिमा पार्टीको नेतृत्व गर्ने जिम्मेवारी आएको प्रतिक्रिया दिएका थिए ।

माओवादीले १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!