सिरहा । सिरहाका प्रहरी उपरीक्षक हीराबहादुर पाण्डे कारवाहीमा परेका छन् । उनलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टरमा तानेको हो । उनलाई पछिल्लो समय सिरहामा शान्ति कायम गर्न नसकेको आरोप लाग्न थालेको थियो ।
पछिल्ला दिन सिरहामा सिके राउतको नेतृत्वको जनमत पार्टीले प्रदर्शन र हड्ताल गरिरहेको छ । यहीबीच प्रहरी प्रमुख पाण्डेलाई केन्द्रमा तानिएको हो ।

प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार पाण्डेलाई कारवाहीस्वरुप केन्द्रमा तानिएको हो । उनीमाथि कांग्रेस जिल्ला सभापतिलाई दुव्र्यवहार गरेको आरोप पनि लागेको छ ।

उनलाई हेडक्वार्टरमा तानेर एसपी अर्जुन तिम्सिनालाई सिराहामा पठाइएको छ ।

यसअघि पाण्डेले कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवलाई दुव्र्यवहार गरेको आरोप पनि लागेको थियो । उनी गए राति यादवको घरमा पेस्तोलसहित पुगेको आरोप लगाउँदै नेपाली कांग्रेसका कार्यकर्ताले सोमबार सिरहामा प्रदर्शनसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!