सिरहा । प्रधानमन्त्री कप प्रदेश स्तरीय क्रिकेट छनौट प्रतियोगिता–२८ को दोस्रो खेलमा पनि सिरहा विजयी भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सिरहाले ४५ ओभरमा ६ विकेटको क्षतिमा २ सय ४६ को योगफल तयार गरेको थियो । राजविराजको क्रिकेट मैदानमा जारी प्रतियोगिता अन्र्तगतको दोस्रो खेलमा सिरहा ब्याट्सम्यानहरुले ५ छक्का र २६ छक्का प्रहार गरेका थिए । जसमा सर्वाधिक रन सिरहाका शैलेन्द्र साहले बनाएका थिए । १ सय १८ बलको सामना गरेको साहले २ छक्का र १२ चौकाको मद्दतले १ सय ८ रन बनाएको थियो ।

सिरहाका प्रणव झा ३८ बलमा ३०, सुमन गटराज ३२ बलमा २८, सुरेश यादव २५ बलमा १७, दिपेश दास २८ बलमा १० रन बनाएर आउट भएका थिए भने उपकप्तान राकेश कामैत १४ बलमा १२ रन र कुश मण्डल ३ बलमा १ रन बनाएर नटआउट रहेका थिए ।
बारा जिल्लाका जितेन्द्र यादव र कुमार थापाले समान २/२ विकेट लिएका थिए ।

जवाफी व्याटिङ गरेको बारा जिल्लाले ४२ ओभरमा २ सय २ रन बनाएर अलआउट भएको थियो । बाराका लागि तिर्थराज दासले सर्वाधिक ६४ रन बनाएका थिए । यता सिरहाका बलरहरु कुश मण्डल ४ ओभरमा २६ रन दिएर ३ विकेट, अफरुद्दिन राईन ९ ओभरमा ३४ रन दिएर ३ विकेट, कप्तान रुपेश सिंह ८ ओभरमा २४ रन दिएर २ विकेट र सुरेश यादव ५।३ ओभरमा २७ रन दिएर १ विकेट लिएका थिए । सिरहाका बलरहरुले बारा जिल्लाका पाँच जना खेलाडी एलबीडब्लू मार्फत पभेलियन पठाएका थिए ।
खेलको प्लेयर अफ दि म्याच सिरहाका शैलेन्द्र साह घोषित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय