सिरहा । सिरहाको मिर्चैया नगरपालिका २ मल्हनीया पिरारीमा बस्दै आएका मुसहर समुदाय चिसोका कारण संकटमा परेका छन् । शितलहर वढेसँगै विपन्न र आर्थिक रुपमा कमजोर रहेका मुसहर समुदायलाई दिन गुर्जान कठिन भएको हो ।

पोषणयुक्त खानेकुरा र न्यानो लुगा अभावमा स–साना बालबालिकादेखि मुसहर समुदायका जेष्ठ नागरिकहरु शितलहरले चिसो वढेपछि जोखिममा रहेको छ । चिसो हावा चल्ने भएको र घाम नलाग्ने हुँदा अत्याधिक कठिनाई भईरहेको मिर्चैया नगरपालिका २ मल्हनीया पिरारीका बिल्टु सदाले बताए । यसपालीको शितलहरले आफूहरु जोगिने हो कि होइन भने त्रास छाएका अर्का विपन्न वेचुवा सदाको गुनासो छ । राज्यका संयन्त्रहरु आफूहरु यस्तो जोखिमा रहँदा मौन बसेको भन्दै बिल्टुले चिसोबाट जोगिन नगरपालिकाले पनि कुनै वास्ता नगरेको गुनासो गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहा अन्र्तगत रहेको विपद् व्यवस्थापन समितिले शितलहरको पूर्वतयारीमा जोड दिन स्थानीय तहहरुलाई यस अघि नै पत्राचार गरिसकेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले स्थानीय तहहरुलाई शितलहरवाट जोखिमा पर्न सक्ने समुदायलाई लक्षित गरी आबश्यक तयारी गरी कार्यान्वयनमा लैजान पत्राचार गरिएको बताएका छन् । आफूहरु पनि तयारी अवस्थामा रहेको भन्दै प्रमुख जिल्ला अधिकारी कवारीले सम्बन्धित स्थानीय तहले सवैभन्दा पहिले सक्रियता देखाउनु जरुरी भएको बताए । जिल्लामा शितलहरवाट जोखिमा पर्न सक्ने परिवारलाई स्थानीय प्रशासनको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको भन्दै प्रजिअ कवारीले स्थानीय तहहरुको सक्रियता आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय