मोटरसाइकल दुर्घटना

मलङ्वा । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न ३ मा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका १० का २२ वर्षीय अरुण सिंह सोही स्थानका २० वर्षीय श्रगम विक र २२ वर्षीय रोहन सिंह रहेको जिल्ला प्रहरी कार्यलय मलङ्वा सर्लाहीले जानकारी दिएको छ।

रातीको समयमा बा १९ प ७१९७ नम्बरको मोटरसाइकलमा सवार सागरनाथ जङ्गल भएर दक्षिणतर्फ बयलबास आउँदै गर्दा अनियन्त्रित भइ रुखमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधबप्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।

उनीहरु मोटरसाइकलसहित १० मिटर तल खाल्डोमा खसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय