विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ ।

अंग्रजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरुको घुइँचो लागेको छ । भगवानको दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटकहरु भरिएका छन् । शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर , राम मन्दिर लगायतका धार्मिक मठमन्दिरहरुमा पर्यटकहरुको भिड लागेको छ । भारतीय गाडीहरुको चाप बढेको छ । महोत्तरीको जलेश्वर र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरु अत्याधिक रुपमा जनकपुर आएका छन् ।

कोरोनाको कारणले जनकपुर सहितको पर्यटन क्षेत्र सुस्त भएको थियो । अहिले बिहार राज्यको मात्रै नभई अन्य प्रान्तबाट समेत जनकपुरमा पर्यटकहरुको भिड देखिएको छ । नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश सिमला, उत्तराखण्डलगायत राज्यबाट हजारौंको संख्यामा पर्यटक जनकपुरधाम आउने गरेका छन् । त्यसैगरी, मौरिसस, फिजी, मलेसियाको बाली, इन्डोनेसिया, श्रीलंका, अमेरिका, चीनलगायत मुलुकबाट पर्यटक जनकपुरधाम आउने गरेको यहाँका होटेल व्यवसायी बताउँछन् ।

नयाँ वर्षको अवसरमा भने बिहारसहित विभिन्न प्रान्तका पर्यटकहरु जनकपुर आएका छन् । अहिले जनकपुरको होटलहरु पर्यटकले भरिभराउ भएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले जानकी मन्दिरमा तीन चार वर्षपछि यतिको संख्यामा पर्यटक आएको भन्दै खुशी व्यक्त गरे ।

अहिले भारतीय गाडिको चाप समेत अत्याधिक बढेको छ । भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानुकुमारीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय