कान्तिपुर ड्राइभिङ सेन्टरझापाड्राइभिङ लाइसेन्सलाइसेन्स ट्रायल

झापामा भाइको बाइकको लाइसेन्सको ट्रायल दिन गएको आरोपमा प्रहरीले दाइलाई पक्राउ गरेको छ।

बिहीबार बिहान विर्तामोडस्थित कान्तिपुर ड्राइभिङ सेन्टरबाट एक जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।

प्रहरीले दमक नगरपालिका वडा नम्बर ६ बस्ने ३७ वर्षीय हरि श्रेष्ठलाई पक्राउ गरेको हो। उनी आफ्ना २१ वर्षीय भाइ सुजितबहादुर श्रेष्ठको बाइकको ड्राइभिङ लाइसेन्सको लागि ट्रायल दिन आएका थिए।

त्यसरी लाइसेन्स दिन आएको थाहा पाएपछि प्रहरीले हरिलाई नियन्त्रणमा लिएको हो।

उनीमाथि यातायात व्यवस्था ऐन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!