नेपाली कांग्रेसप्रदेश २प्रदेश २ अधिवेशन

जनकपुरधाम— नेपाली काँग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा बुधबार दिउँसो १ बजेदेखि मतदानको समय निर्धारण गरिएको थियो । तर साँझ ६ बजेसम्म पनि प्राविधिक तयारी पूरा नभएकोले मतदान बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जनाए ।

उनले मतपत्र छपाइको काम पूरा हुन नसकेको भन्दै मतदान स्थगित गरिएको बताए । सभापतिमा संस्थापन पक्षका उम्मेदवार रामकृष्ण यादव छन् भने विमलेन्द्र निधि–शेखर कोइराला पक्षबाट रामसरोज यादवलाई उम्मेदवार बनाइएको छ ।

यसैबीच सभापति शेरबहादुर देउवा पक्षले आजै निर्वाचन गर्नुपर्ने भन्दै नारावाजी गरपछि झडपको अवस्था सिर्जना भएको छ । निधि र कोइराला पक्षले भने भोलि निर्वाचन हुनुपर्ने अडान लिएपछि झडपको अवस्था निम्तिएको हो । झडको स्थिति बनेपछि प्रहरीले हस्तक्षेप गरेर अवस्था साम्य पारेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय