
सिरहा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको नरहा गाउँपालिका-३ नयाँ चोहर्वा नजीकै मोटरसाइकल जोगाउने क्रम्मा पिकअप दुर्घटना भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जादै गरेको प्रदेश–३ ०१०२३ च ०६१८ नम्बरको पिकअप दुर्घटनाहुँदा दुई जना घाइते भएका छन् ।
दुर्घटनामा नेपालगन्ज मदनचौकका २६ वर्षिय गणेश बहादुर मल र सुर्य बहादुर थारु घाइते भएका छन् । पीकअपमा तीन जना सबार रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ्र ।
मोटरसाइकललाई बचाउने क्रममा चाइना कम्पनिले बाटोमा बनाउदै गरेको पुलमा पिकअप ठोकिएर दुर्घटना भएको हो । एन्सेल कम्पनिको टाबरको समान लिएर काठमाडांैबाट बिरतामोड तिर जाँने क्रम्मा दुर्घटना भएको हो । उनिहरुको उपाचार अहिले स्थानीय मेडिकल हलमा भईरहेको छ ।