
काठमाडौ । काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका कागेश्वरी –६, मूलपानिमा मा तृषणा जोन हार्डवयर एण्ड रङ डिलरमा आग्लागी भएको छ ।
बर्जर, डुलक्स एसियन पेन्ट्स निपोन लगायत विभिन्न ब्रान्डका रङ डिलरमा आग्लागी हुदा ६ करोड भन्दा बढीको क्षती भएको छ । आगलागीले सङै रहेको हाड्वयर इलेक्ट्कि पसल समेतमा क्षती पुगेको छ । बिहान ३:३० बजे बाट सुरु भएको आगलागी समयमै नियन्त्रणमा नआउँदा ठूलो क्षेती भएको पिडितले बताए ।
आगलागीले पसलमा रहेका छड, सिमेन्ट, जस्ता, रंग, रंग बनाउने मेसिन, ल्यापटप, नगदलगायत सामग्री जलेका छन् भने पसलको पछाडिपट्टि रहेको गोदाम पनि पुर्ण रुपमा जलेको छ । आगलागि भएको झन्डै एक घण्टा पछि दमकल आएपनि समान जलेर नस्ट भएको पिडितले बताएका छ्न ।
आगो प्रहरी, स्थानीय र दमकलको सहायतामा करीब ४ घण्टा पछि नियन्त्रणमा आएको छ । आगलागीको कारण यकिन भइनसके पनि विद्युत् ‘सर्ट’ भएको हुन सक्ने अनुमान गरिएको छ ।