गोलबजारछुरा प्रहार घटनाराजमार्ग अवरुद्ध

सिरहा । छुरा प्रहार गरी ज्यान लिएको घटनाको विरोधमा सिरहाको गोलबजारमा आज पुनः राजमार्ग अवरुद्ध पारिएको छ । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको विरोधमा गोलबजार नगरपालिका ६ का बासिन्दाले राजमार्ग अवरुद्ध पारेका हुन् ।

हिजो राजमार्ग अवरुद्ध गर्दा पीडितलाई क्षतिपूर्तिको पहल गर्ने, घाईतेको निःशुल्क उपचार गर्ने र घटनामा संलग्नलाई २४ घण्टाभित्र पक्राउ गर्ने सहमती प्रशासनले आन्दोलनकारीसँग गरेको थियो । तर २४ घण्टा वितिसक्दा पनि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै उनीहरु आज पुनः पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

घटना
शनिवार राति घर जाने क्रममा गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी १९ वर्षीय रामकुमार सदाय र १९ वर्षिय निकेश सदायमाथि अपरिचित यूवाहरुको समूहले छुरा प्रहार गरेका थिए । छात्तीमा छुरा लागेका रामकुमारको मृत्यु भएको छ ।

घाइते निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ । उनको अबस्था पनि गम्भीर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय