सिरहा । दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहा अन्तर्गत रहेको ट्राफिक प्रहरी पोष्ट सिरहाले ७ दिने ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत शुक्रबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
‘ट्राफिक नियमको पालना गरौं, सभ्य बनौं, सभ्यताको परिचय दिऔं’ मूल नारासँग सुरु गरिएको ट्राफिक सचेतना कार्यक्रममा जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले अगाडि बढाएको अभियानलाई सबैले साथ दिनुपर्ने सहभागी वक्ताहरुले आफ्ना धारना व्यक्त गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास बुढाथोकीको संयोजकत्वमा भएको ट्राफिक सचेतनामूलक कार्यक्रममा बिष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादव, सिरहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष उपेन्द्र साह, सामुदायिक सेवा केन्द्र सिरहाका सचिव शम्भु साह लगायत स्थानीय व्यापारी, बुद्धिजिवी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधी, संचारर्कीहरुको सहभागिता रहेको थियो । ट्राफिक प्रहरी सडकमा नागरिकको सुरक्षाको निम्ति सक्रियता पूर्वक काम गर्दै आएको र ट्राफिक नियम पालना गरी सुरक्षित यात्रा गर्न सवैले ध्यान दिनुपर्ने वक्ताहरुको भनाई रहेको थियो । नागरिकको सहयोगले नै ट्राफिक नियम पालना गराउनमा सफलता मिल्न सक्ने ट्राफिक प्रहरी कार्यालय सिरहाका इन्चार्ज प्रहरी नायव निरिक्षक राम कुमार यादवले बताएका छन् ।



