सिरहा । जिल्ला समन्वय समिति सिरहाका उपसभापति सरोज यादवले वैदेशिक रोजगारीमा जान चाह्नेलाई आफूले सहयोग गर्ने बताएका छन् । दातृ संस्थातको तर्फबाट प्राप्त सहयोगलाई वैदेशिक रोजगारमा जान चाह्ने इच्छुक व्यक्तिलाई प्रशिक्षण र ऋण समेत उपलब्ध गराउने उनले बताएका छन् ।

‘सचेत, सीपमूलक र सुरक्षित रोजगारःमर्यादित श्रम आप्रवासनको मूल आधार’ नारासँगै शुक्रवार सदरमुकाम सिरहामा आयोजित आप्रवासी कामदारहरुको न्यायका लागि हाम्रो भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथि रहेका यादवले साना किसान कृषि सहकारी संस्था मार्फत ७ स्थानीय तहका युवा र उनको परिवारलाई यस कार्यक्रममा जोड्ने बताएका छन् ।
विदेश जान चाह्नेलाई दक्ष बनाउन विभिन्न तालिम निःशुल्क प्रदान गरिनुकासँगै आवश्यक पर्ने ३ लाख जति ऋण पनि न्यूनतम ब्याजमा सहयोग गर्ने बताएका छन् । यस्तै युरोपका देश जान चाह्नेलाई १५ लाखसम्मको ऋण सहयोग मिल्ने उपसभापित यादवको भनाई रहेको थियो । सुरक्षित र मर्यादित श्रम आप्रवासनको निम्ति आफ्नो भरपूर सहयोग रह्ने भन्दै गाउँमै पनि वैदेशिक रोजगारीबाट फर्किएर आएकाहरुले उद्यम गर्न चाहेमा ५० लाखसम्म ऋण सहयोग पाउने बताएका छन् ।

दिवसको अवसरमा आयोजित अन्र्तगक्रियामा विभिन्न क्षेत्रका अगुवाहरुले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीमा विशेष जोड दिनुपर्ने बताएका छन् । राज्यको कुल बजेटको एक चौथाई रेमिट्यान्सले धानेकोले वैदेशिक रोजगारीमा रहेकाहरुको परिवारको जीवनयापन सहज बनाउन राज्यले पनि भूमिका खेल्नुपर्ने बताएका छन् ।
आप्रवासी हकहित संरक्षण संजालको अगुवाईमा सिरहा सदरमुकाममा जनचेतनामूलक र्याली पनि निकालिएको थियो । त्यससँगै संजालले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।

कार्यक्रममा सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादव, मुक्ति नेपालका कार्यकारी निर्देशक श्याम कुमारी साह लगायत विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो । अन्तरक्रियामा वैदेशिक रोजगारीले निम्त्यिाएको शारीरिक, मानसिक समस्यावाट पीडितले आफ्नो दुःखेसो व्यक्त गर्दै न्यायमा पहुँचको निम्ति सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!