ADVERTISEMENT
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित

ADVERTISEMENT
ADVERTISEMENT

कांग्रेस नेतृ चित्रलेखा यादव केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनी प्रदेश २ को महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । एक पदका लागि दुई उम्मेदवार थिए । जसमा सभापति शेरबहादुर देउवा समूहकी यादवले २ हजार ७ सय ३१ मत पाइन् भने शेखर कोइराला समूहकी गीता चौधरीले १ हजार ८८५ मत पाइन् ।

ADVERTISEMENT

प्रदेश २ बाट खुलातर्फ आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गत सोमबार भएको निर्वाचनको मतगणना भइरहेको छ ।

ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा निर्वाचन समितिले मतगणना गरिरहेको छ । शुक्रबारसम्म १३ पदाधिकारीको गणना सकिएपछि अब सदस्यको मतगणना सुरु भएको हो । अब ढिलोमा एक साताभित्र सबै पदको मतपरिणाम आइसक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

कांग्रेसले यसपटक १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन गरेको थियो ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!