प्रदेशप्रदेश नं १समाचार
Trending

कुटपिट भएको ७२ दिनपछि मृत्यु

ADVERTISEMENT

विराटनगर । मोरङको केराबारी गाउँपालिका-९ बेलचौरीका एकजना किशोरको एकै परिवारका दाजुभाइ मिलेर कुटपिट गरेको ७२ दिनपछि बिहीबार मृत्यु भएको छ । कुटपिटका कारण १७ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले जानकारी दिए। उनका अनुसार सञ्जयलाई केराबारी–९ का ३२ वर्षीय यज्ञ परियार र २५ वर्षीय सुजन परियार मिलेर गत असोज १८ गते कुटपिट गरेका थिए।

ADVERTISEMENT

यज्ञ र सुजन एउटै परिवारका दाजु–भाइ हुन् । कुटपिटबाट घाइते भएका सञ्जयको उपचार मोरङको विराट चोकस्थित सुकुना सामुदायिक अस्पताल र विराटनगरको कोसी अस्पतालमा गराइएको थियो ।

ADVERTISEMENT

उपचारपछि डिस्चार्ज भएर घर गएका उनको बिहीबार बिहान मृत्यु भएको जानकारी एसपी जीसीले दिए । उनका अनुसार दसैंको समयमा डाइस (लंगुर–बुर्जा) खेलाएको विषयमा विवाद हुँदा सुजन र यज्ञ मिलेर सञ्जयमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसअघि गाउँमै मिलापत्र गरेर घटना मिलाइएको थियो । सञ्जयलाई स्वास्थ्य सम्बन्धी पुरानै समस्या पनि रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाका बारेमा अनुसन्धान थालिएको जीसीले बताए । उनका अनुसार घटनामा संलग्न दुवै जनालाई पक्राउ गरिसकिएको छ । पक्राउ परेकाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ ।

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!