प्रदेश २प्रदेश सभा बैठक
फाइल तस्वीर

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक बुधबार (भोलि) बस्दै छ। प्रदेश प्रमुख हरिशंकर मिश्रको आह्वानमा बुधबार प्रदेशसभाको आठौं अधिवेशन बोलाइएको हो।

प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेका हुन्।

बुधबार बस्ने प्रदेशसभा बैठकका लागि तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभाका सचिव रञ्जिन कुमार यादवले बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा उपस्थित हुन सांसदहरुलाई जानकारी गराइएको बताए।

बुधबार बस्न लागेको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रदेशको नामाकरण र राजधानी सम्बन्धी प्रस्ताव पेश गरिने तथा केही अध्यादेशहरुमाथि पनि छलफल हुने कार्यसूची रहेको निमित्त सचिव यादवले बताए।

प्रदेश २ को प्रदेशसभा बैठक लामो समयदेखि अवरुद्ध रहेको छ। जनता समाजवादी पार्टी फुटेपछि मुख्यमन्त्री राउतले बीचमा विश्वासको मत लिनका लागि बैठक बोलाएका थिए। त्यसपश्चात पुनः बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो। प्रदेशसभाको अन्तिम बैठक असोज २२ गते बसेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय