
सिरहा । सिरहाको प्रमुख जिल्ला अधिकारी (सिडियो)मा लालाबाबु कवारीलाई जिम्मेवारी दिईएको छ ।
गत मंसिर १४ मा सिरहा जिल्ला आईपुगेका कवारी निमित्त प्रमुख जिल्ला अधिकारीको रुपमा कामकाज गर्दै आईरहेका थिए । तात्कालिन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंल सेवा निवृत्त भई घर प्रस्थान गर्न लागेपछि कार्यालयको कामकाज संचालन हुनेगरी तत्काल उनलाई निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिईएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी (उपसचिव) रहेका उनी केही समय निमित्ति प्रमुख जिल्ला अधिकारी भएका थिए । त्यससँगै गत साता सहसचिवमा वढुवा भएका थिए । सहसचिवमा वढुवा भएपछि सिरहाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्ने गरी गृह मन्त्रालयले सोमवार पत्र पठाएको थियो । यस लगतै उनी सिरहाको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी सम्हालेका छन् ।
प्रमुख जिल्ला अधिकारी कवारीको विगत
२०२६ सालमा महोत्तरीको जलेश्वरमा जन्मिएका उनी अल्पसंख्यक समुदायका हुन् । २०४३ सालमा महोत्तरीको जलेश्वरमै रहेको लचमु माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तिर्ण गरेका थिए । २०४५ मा रामानन्दन विशेश्वर बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र उत्तिण गरेका उनी २०४८ सालमा राराब क्याम्पस जनकपुरधामबाट पोलिटिकल साईन्स र हिस्ट्री विषयमा स्नातक उत्तिर्ण गरेका थिए । २०५१ सालमा राराब क्याम्पसबाटै पोलिटिकल साईन्समा स्नाकोत्तर (एमए) उत्तिर्ण गरेका थिए । त्यससँगै जन प्रशासन क्याम्पस त्रिपुरेश्वरवाट एमपिए समेत गरेका छन् ।

महोत्तरी जिल्लाबाट प्रशासन क्षेत्रमा पहिलो सिडियो बन्न सफल भएका उनी २०५३ सालमा लोकसेवा आयोगले लिएको शाखा अधिकृतमा उत्तिर्ण भएका थिए । त्यसपछि निजामति क्षेत्रमा प्रवेश गरेपछि प्रमुख जिल्ला अधिकारी कवारी विभिन्न जिल्लाको प्रशासकीय अधिृकतको जिम्मेवारी सम्हालेका थिए ।
गृहमन्त्रालमा रहेर लामो अनुभव बटुलेका उनी २०६७ सालमा फायल बढुवावाट उपसचिव बनेका थिए । १२ वर्ष गृह मन्त्रालयमा बसेका उनी उपसचिव भएपछि डेढ वर्ष विरगंजको यातायात कार्यालयको प्रमुख समेत भएका थिए । त्यसपछि डेढ वर्ष वैदेशिक रोजगार विभागका निर्देशक, सूचना तथा सञ्चार मन्त्रालयको प्रशासन शाखामा ६ महिना काम गरेका थिए । उद्योग मन्त्रालय अन्र्तगत कम्पनी रजिष्ट्रारको को कार्यालयमा डेढ वर्ष, संघीय मामिला तथा समान्वय प्रशासन मन्त्रालय अन्र्तगत आन्तरीक व्यवस्थापन शाखामा अढाई वर्ष, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको प्रमुख प्रशासकीय अधिृकतको रुपमा १ वर्ष रहेका उनी सिरहा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर आएका थिए ।
एक श्रीमति, २ छोरा र २ छोरी रहेका कवारीको घर जलेश्वर नगरपालिका २ हस्पिटल रोडमा रहेका छन् । महोत्तरी जिल्लाबाट मुस्लिम समुदायबाट प्रमुख जिल्ला अधिकारी बन्ने पहिलो व्यक्तिको सौभाग्य आफूले पाएको बताउँदै उनले सिरहा जिल्लाको शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन विशेष भूमिका खेल्ने अपन दैनिकसँग प्रतिबद्धता जनाएका छन् । जिल्लाका सवै सरकारी कार्यालयको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने, कुनै प्रकारको गलत काम, अनियमिततालाई प्रसय नदिने र त्यस्ता गतिविधि विरुद्ध खडो प्रस्तुत हुने प्रमुख जिल्ला अधिकारी कवारीले बताएका छन् । सिरहा जिल्ला बसाईको क्रममा नागरिकसँग नजिकिएर सेवा प्रवाह गर्ने र त्यस अनुसार जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुलाई निर्देशन पनि दिई सकेको उनले बताएका छन् ।