
सिरहा । सिन्धुलीको डकहामा संचालित कमलाखोज गोल्डकप फुटबल प्रतियोगिताको उपाधी सलहेश युवा कल्व सिरहाले जितेको छ ।
फाइनल खेलमा धनुषाको चारनाथ युबा क्लबलाई २ गोलले पराजित गर्दै सलहेश युवा क्लब कमलाखोज गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
फाइनल खेलको २८ औं मिनेटमा पहिलो गोल सलहेश युवा कल्वका रोमियोले गरेका थिए । मध्यान्तरसम्म १–० को अग्रतामा सलहेश युवा कल्व रहेको थियो । मध्यान्तरपछि खेलकोे ७०औं मिनेटमा सलहेश युवा कल्वका ओम सिंहले गोल गर्दै अग्रता दोब्बर गरेको थियो । निकै नै रोचक फाइनल खेलमा सलहेश युवा कल्वका तर्फबाट गोल गर्ने निरन्तर प्रयास भएको अध्यक्ष राजिप यादवले बताएका छन् ।
उपाधी बिजेता सलहेश युवा कल्वलाई २ लाख नगद, गोल्डकप र मेडल तथा उपविजेता चारधामलाई १ लाख नगद, ट्राफी र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ । । यस्तै प्रतियोगिता अन्र्तगत फाईनल खेलमा उत्कृष्ट प्रर्दशन गरेका सलहेश युवा कल्वका उमेश कार्कीलाई वेस्ट प्लेयर अवार्ड र दिलमणी चौधरीलाई बेस्ट गोलकिपरको अवार्ड प्रदान गरिएको छ ।
यससँगै यस सिजनमा सलहेश युवा कल्वले तीन वटा गोल्डकप उपाधी जितेको छ ।